स्थानीय भन्छन्–‘कांग्रेस नेता ठेकेदार भएको निर्माण कम्पनीले सडक निर्माण अलपत्र बनायो,’ नगरप्रमुख भट्टराई भन्छन्–‘ताकेतापछि कार्यविवरण बुझाएको छ’

  • प्रकाशित मितिः मंसिर २०, २०७९
  • 1130 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, मङ्सिर २०–महुरे–फोक्सिङटार सडक अन्तरगत महुरे–सिम्पानी सडक खण्डका निर्माण व्यवसायीले कार्य विवरण बुझाएको छ । भारत कन्ट्रक्सन-सिद्घी शाही जेभीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई मङ्सिर १५ गते कार्य विवरण बुझाएको हो ।
उक्त निर्माण कम्पनीका प्रतिनिधि सन्तोष ढकालले मङ्सिर १६ देखि पुस १३ गतेसम्मको कार्यविवरण पेश गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । कार्य विवरण अनुसार मङ्सिर १६ देखि एक हप्तासम्म सब–बेस मर्मत गर्ने, मङ्सिर २३ देखि १० दिनसम्म बेस क्रसर उत्पादन गरी बेस बोक्ने, पुस ३ देखि १० दिनसम्म बेस फि“जाउने र पुस १३ देखि ४ किलोमिटरमा डिबीएसटी(पिच)को काम सु्रु गर्ने उल्लेख गरिएको छ ।
उक्त निर्माण कम्पनीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलादेखि हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सिम्पानीसम्मको (२२ किलोमिटर) सडक कालो पत्रे गर्ने ठेक्का लिएको थियो । नगरपालिकाले गत कात्तिक ३ गते पत्रकार सम्मेलन गरी नगरक्षेत्रभित्रका १७ वटा अलपत्र योजनामा संलग्न निर्माण कम्पनीलाई मासिक प्रगति विवरण, मासिक कार्ययोजना लगायतका प्रगति विवरण बुझाउन निर्माण व्यवसायीलाई निर्देशन दिएको नगरप्रमुख भट्टराईले जनाएका थिए ।

mahure foksingtar
सगरमाथा लोकमार्ग अन्तरगत पर्ने महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडकमध्ये महुरे–राजापानी सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन-सिद्घी शाही जेभी तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीले ठेक्का लिएको थियो । यसमध्ये महुरे–सिम्पानी सडक खण्डको कामका लागि करिब ४१ करोड ५० हजारको लागतमा २०७७ असार २९ गतेभित्र काम सक्ने गरी २०७३ असार ३० गते भारत कन्ट्रक्सन-सिद्घी शाही जेभीले सम्झौता गरेको थियो । अहिलेसम्मको प्रगति भने करिब ५० प्रतिशत मात्र भएको नगरप्रमुख भट्टराईले सुनाए । सिद्घी शाही जेभीका सञ्चालक दिपेन्द्र शाही डोल्पा कांग्रेसका सभापति हुन् । नेताले नै काम अलपत्र पारेपछि चौतर्फी विरोध भएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित