सामुदायिक वन उपभोक्ता महासंघको २७ औं स्थापना दिवसमा बृक्षरोपण

  • प्रकाशित मितिः जेठ १९, २०७९
  • 1292 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, जेठ १९–सामुदायिक वन उपभोक्ता महासंग खोटाङले स्थापना दिवसको अवसरमा बृक्षरोपण गरेको छ । २७ औं स्थापना दिवसको अवसरमा जेठ १८ गते दिक्तेल वहुमुखी क्याम्पस परिसरमा र दुर्छिमको बालकन्या बोखिम प्राकृतिक सामुदायिक वनमा बृक्षरोपण गरेको हो ।
दिक्तेल बहुमुखी क्याम्पस परिसरमा निलसिरिष, धुपी, कृष्णकली, पोथ्रे गुरा“स लगायतका विरुवा रोपिएको हो । क्याम्पसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, क्याम्पस प्रमुख हिरामुमार राई, सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य सम्मरबहादुर भुजेल लगायतले बृक्ष रोपण गरेका हुन् ।

bimala
त्यस्तै दुर्छिमको बालकन्या बोखिम प्राकृतिक सामुदायिक वनमा सिन्कौली, हर्रो, बर्रो, सिमल लगायतका २७ विरुवा रोेपिएको छ । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राई, उपप्रमुख रमेशकुमार राउत, दुर्छिमका वडाध्यक्ष रुपेन्द्र राई, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य सम्मरबहादुर भुजेल लगायतले रोपेका हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित